कांग्रेस मादी १२बाट अध्यक्षका उम्मेदवारी रामचन्द्र रानाभाटको चुनावी अभियान सुरु

समाधान संवाददाता २०७९ वैशाख १४ गते २१:२२

पोखरा ।
नेपाली कांग्रेस मादी वडा नम्बर १२को वडाअध्यक्षका उम्मेदवारी दिएका रामचन्द्र रानाभाटले चुनावी यात्रा सुरु गरेका छन् ।
उनले मादी १२ मा आगमी ५ वर्षको आफ्नो योजना सहित वडाबाँसीको घरदैलो सुरु गरेका हुन् । लामो समयसम्म विद्यालयका प्रध्यानध्यापक भएर काम गरेका रानाभाट, गाउँमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता भएर काम गरिरहेका छन् ।


वैज्ञानिक कृषी प्रणालीमा होमिएका रानाभाटले वडामा वैज्ञानिक रुपमा कृषाीलाई व्यवसायीक रुपमा लाने आफ्नो जोड भएकाे उनले सुनाए । गाउँमा जनताको घरदैलोमा गएर सेवा दिने परिस्थीति शिर्जना गर्ने योजना भएकाे उनले सुनाए । ‘मेरो पहिलो एजेन्डा भनेको वडाभित्रका बाटाेघाटाेलाई स्तरउन्नति गर्ने हो । जनताको घरदैलोमै पुगेर कसरी सेवा दिनसक्छौं । वडाबाँसीको दैनिक समस्या के हो मेरो यसमा जोड हुन्छ,’ रानाभाटले भने, ‘वडामा पूर्वाधारको स्तरोन्नति गरेर वडालाई ५ वर्षमै नमुनायूक्त बनाउँछु । वडाको विकास गर्न यसपटक मलाई आशिर्वाद दिनुस् ।’

रानाभाटसँगै कांग्रेसबाट मादी १२ मा सदस्यहरुमा दिपेन्द्र राज ढकाल, रबिमोहन दाहाल, रोजिना गुरुङ र आरती नेपालीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया