सहिदलाई सम्झँदै घरदैलो

समाधान संवाददाता २०७९ वैशाख १५ गते ११:२०
Exif_JPEG_420

पोखरा l
पोखरा २६ का नेकपा एमाले उम्मेदवारले सागको मुखबाट घरदैलो सुरु गरेका छन् । सहिद कृष्णबहादुर भुजेलको कसम खाँदै चुनाव प्रचारप्रचार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले पार्टीका उम्मेदवारलाई जिताउने प्रतीज्ञा गरे । सहिद कृष्णका बुवा भिमबहादुरले एमालेको जितबाट मात्रै समृद्धि प्राप्त हुने बताए ।

चुनाव प्रचारप्रसार समिति संयोजक तथा पोखरा २६ अध्यक्ष रामचन्द्र तिमिल्सिनाको नेतृत्वमा भएको घरदैलो गरिएको हो । सहभागीले पोखरा महानगरपालिकाका मेयरको उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूयनाथ अधिकारी, सदस्यमा ध्रुव थापा, वसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारलाई जिताउन आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया