सेनाको हेली मार्फत मुस्ताङ र मनाङमा मतपत्र ढुवानी

जोमसोम–
जोमसोम–बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङ र मनाङमा मतपत्र ढुवानी नेपाली सेनाको हेलिकोप्टर मार्फत गरिएको छ ।निर्वाचन आयोगले हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तह र मनाङका ४ स्थानीय तहका लागि नेपाली सेनाको हेलीकोप्टर मार्फत बिहिबार आवश्यक मतपत्र जिल्ला पठाएको निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्यालले जानकारी दिए ।
नेपाली सेनाको हेलीले ढुवानी गरिएको मतपत्र जोमसोम विमानस्थलमा अनलोड गरिएको थियो ।स्थानीय तह निर्वाचनका लागि हेलि मार्फत आएको निर्वाचन मतपत्र बुझ्न मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवाली , जिल्ला निर्वाचन कार्यालयका प्रमुख मदन अर्याल र सुरक्षा निकायको टोली जोमसोम विमान स्थल पुगेका थिए । उनीहरुले आयोगले पठाएको निर्वाचन सामाग्री बुझेका छन् ।
आयोग पठाएको निर्वाचन सम्वन्धि मतपत्र जोमसोम विमानस्थलबाट नेपाली सेनाको निगरानीमा स्कटिङ गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पू¥याईएको थियो ।
यसअघि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्वन्धि मतपेटिका बाकससहित ५४ थरीका निर्वाचन सामाग्री पनि मुस्ताङ आईपुगेका निर्वाचन कार्यालयका प्रमुख अर्यालले बताए ।यस्तै,निर्वाचन कार्यालयले जिल्ला स्तरबाट खरिद गरिने १५ थरीका निर्वाचन सामाग्री र अनुसूचीहरु समेत मुस्ताङ आईपुगेको छ ।कार्यालय प्रमुख अर्यालले नया मतदाताको परिचयपत्र भने मुस्ताङ आउने क्रममा रहेको जानकारी दिए ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया