स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना: १४ जनाको निधन

समाधान संवाददाता २०७९ वैशाख ३० गते १२:०२

स्याङ्जा l
स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना भएको छ । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि १४ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जानकारी दिए । ११ जना घाइते भएका छन् । १० जनाको सनाखत भइसकेको छ । घाइतेहरुलाई पोखरा पठाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया