यामाहाको नयाँ बाइक बजारमा

समाधान संवाददाता २०७९ जेठ १९ गते ११:३४

पोखरा l
भिएडब्लु इन्टरप्राइजेजले यामाहाको एफजेड एक्स १५० बाइक बिक्री बितरण सुरु गरेको छ । पोखराका लागि यामाहाको आधिकारिक विक्रेता भिएडब्लुले पोखरा रंगशालामा जेठ १७—२३ गते आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी यो बाइक सार्वजनिक गरेको हो ।

अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष ध्रुव थापाले यो मोटरसाइकल सार्वजनि गरे । बुधबार आयोजित पत्रकार सम्मेलनमा भिएडब्लुले एफजेडएक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक भएको जनाएको छ । जुन एलसिडी मिटर र ब्लुटुथ कनेक्टिमिटी जस्ता स्मार्ट सुविधा र क्लासिक डिजाइनमा तयार पारिएको हो ।

राइड फ्रि अवधारणाका साथ तयार पारिएको यो मोटरसाइकल विशेष गरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउनेको रोजाइमा पर्ने कम्पनीले जनाएको छ । ‘महा एक्सचेञ्ज मेला’ मा कलाकार अनमोल केसीले यसको टेस्ट राइड गरे । यसले ७२५० आरपिएममा १२.४ पिएस अधिक्तम पावर तथा ५५०० आरपिममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ ।

Advertisement

या मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । छु लेभल सिट, बलियो ब्लक प्याट्रन टायर, फ्रन्ट फोर्क बुट का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटुथ कनेक्टिभिटीजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताए । डिआरएलका साथ बाइ फङ्सनल एलइडी हेडलाइट र ओभल सेपको एलइडी रिङ टेललाइटले बाइकको लुक्सलाई थप आकर्षण प्रदान गरेको क्षेत्रीले उल्लेख गरे ।

नेपालभरीका यामाहाका सोरुममा उपलब्ध हुने जनाइएको एफजेडएक्स १५० को मूल्य ४ लाख २६ हजार ९ सय छ । कम्पनीले नयाँ स्किम ‘रोड टु मोटो जिपी’ पनि सार्वजनिक गरेको छ । यो स्किममा यामाहा बाइक खरिदकर्तामध्ये ४ भाग्यशाली विजेताले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्यान्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने अवसर पाउनेछन् । यो स्किम बुधबारबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया