राष्ट्र बैंक पूर्व कर्मचारीको स्थापना दिवस

समाधान संवाददाता २०७९ जेठ १९ गते १६:०६

पोखरा ।
नेपाल राष्ट्र बैक पूर्व कर्मचारी संघको २९ औं स्थापना दिवस मंगलबार मनाइएको छ । नेपाल राष्ट्र बैक पूर्व कर्मचारी संघ शाखा समिति पोखराको आयोजनामा स्थापना दिवस मनाइएको हो ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका कार्यवहाक निर्देशक प्रतिमा अधिकारीले हरेक कर्मचारी मिलेरअघि बढ्नुपर्ने बताइन् । नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघका पोखरा शाखा अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा भएको कर्यक्रममा नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघका पूर्व सभापति मानबहादुर भुजेल, नेपाल राष्ट्र बैक कर्मचारी संघका उपाध्यक्ष विजया गौतम, नेपाल राष्ट्र बैंक पोखरा शाखा समिति सभापति दलबहादुर थापा, बैंक पूर्व कर्मचारी संघ पोखरा शाखा उपाध्यक्ष मुक्तिनाथ चालिसे र मात्रिका घिमिरेले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया