कास्कीका स्थानीय तहलाई ४ अर्ब ११ करोड बजेट

रिखिराम जिसी २०७९ जेठ १९ गते १९:५६

रिखिराम जिसी
पोखरा ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि कास्कीका ५ स्थानीय तहले ४ अर्ब १० करोड ८१ लाख रुपैयाँ बजेट पाएका छन् । अघिल्लो आर्थिक वर्षमा कास्कीका स्थानीय तहलाई संघ सरकारले ४ अर्ब ५ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले १५ गते प्रस्तुत गरेको बजेट अनुसार समानीकरणतर्फ १ अर्ब ६ करोड २५ लाख रुपैयाँ, ससर्ततर्फ २ अर्ब करोड ८८ करोड ५९ लाख रुपैयाँ अनुदान कास्कीका स्थानीय तहहरुलाई प्राप्त भएको छ । विशेष अनुदानतर्फ ६ करोड ७७ लाख रुपैयाँ र समपुरकतर्फ ९ करोड २० लाख रुपैयाँ अनुदान पाएका छन् ।


सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिकाले २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ पाएको छ । अघिल्लो आवमा महानगरले २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बजेट पाएको थियो । समानीकरणतर्फ १ अर्ब ६ करोड २५ लाख, ससर्त अनुदानतर्फ १ अर्ब ८५ करोड ८० लाख, विशेष अनुदानतर्फ ६५ करोड ८६ लाख र समपुरकतर्फ ४ करोड रुपैयाँ अनुदान पाएको छ ।

Advertisement


सबैभन्दा कम रुपा गाउँपालिकालाई ३० करोड २८ लाख रुपैयाँ बजेट परेको छ । गाउँपालिकाले आव २०७८/७९ मा ३३ करोड ६६ लाख रुपैयाँ बजेट पाएको थियो । गाउँपालिकाले समानीकरणतर्फ ८ करोड ८८ लाख र ससर्त अनुदानतर्फ २१ करोड ४० लाख रुपैयाँ अनुदान पाएको छ । विशेष अनुदानतर्फ र समपुरक अनुदानतर्फको बजेट भने उल्लेख गरिएको छैन ।


मादी गाउँपालिकाले ४१ करोड ३४ लाख रुपैयाँ बजेट पाएको छ । अघिल्लो आवमा गाउँपालिकाले ३५ करोड ३६ लाख रुपैया बजेट पाएको थियो । गाउँपालिकाले समानीकरणतर्फ ९ करोड ६२ लाख र ससर्त अनुदानतर्फ २९ करोड ९२ लाख रुपैयाँ अनुदान पाएको छ । विशेष अनुदानतर्फ १ करोड र समपुरक अनुदानतर्फ ८० लाख रुपैयाँ अनुदान पाएको छ ।

Advertisement


माछापुच्छ्रे गाउँपालिकाले ३७ करोड ९ लाख रुपैयाँ बजेट पाएको छ । आव ०७८/७९ मा ३८ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले समानीकरणतर्फ १० करोड ७० लाख र ससर्त अनुदानतर्फ २६ करोड ८८ लाख रुपैयाँ अनुदान पाएको छ । विशेष अनुदानतर्फ १ करोड ९७ लाख र समपुरक अनुदानतर्फ ३ करोड ६० लाख रुपैयाँ अनुदान पाएको छ ।


अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष ७९/८० का लागि ४३ करोड ६४ लाख रुपैयाँ बजेट पाएको छ । आघिल्लो आवमा गाउँपालिकाले ४२ करोड १० लाख रुपैयाँ बजेट पाएको थियो । गाउँपालिकाले समानीकरणतर्फ ११ करोड १९ लाख र ससर्त अनुदानतर्फ २६ करोड ८८ लाख रुपैयाँ अनुदान पाएको छ । विशेष अनुदानतर्फ १ करोड ९७ लाख र समपुरक अनुदानतर्फ ३ करोड ६० लाख रुपैयाँ अनुदान पाएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया