विद्यार्थी र नवविवाहितलाई केबलकारमा अफर

समाधान संवाददाता २०७९ जेठ २२ गते १३:४०

पोखरा ।
पोखराको अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ । सेदीबाट फेवातालका दृश्य हेर्दै सराङकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा विद्यार्थी र नवविवाहित जोडीलाई छुट दिइने कम्पनीले जनाएको छ ।

प्लस टु परीक्षामा सहभागी भएका विद्यार्थीले ५० प्रतिशत छुट पाउने छन् । छुट पाउन यस वर्ष परीक्षामा सामेल भएको प्रवेश पत्र देखाउनुपर्ने छ । यो योजना असार ३ गतेसम्म लागु हुनेछ । नवविवाहित जोडीले १ टिकट खरिदमा अर्काे टिकट सित्तैमा पाउने छन् । यो योजनामा सहभागी हुन नवविवाहित जोडीले आफ्नो विवाह कार्ड देखाउनुपर्ने छ । यो योजना भने असार मसान्तसम्म लागु हुनेछ ।

अन्नपूर्ण केवलकार गत वर्ष चैत १ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ गण्डोला र सामान ओसारपसार गर्ने १ गरी १८ वटा गन्डोला जडान गरिएको छ ।
केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८ सय २४ मिटरको उचाइमा र टप स्टेसन १ हजार ५ सय २३ मिटरमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया