सम्पादकीय: बाल श्रम रोकौ

नेपालमा अझैपनि ५देखि १७ वर्ष उमेर समुहका ११ लाख बाल बालिका श्रम गर्न बाध्य छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार समग्र बाल बालिका मध्ये करिब १५ दशमलब ३ प्रतिशत बाल बालिकालाई कुनै न कुनै रुपमा बाल श्रम गर्न बाध्य पारिएको छ । ती मध्ये २ लाख बाल बालिका निकृष्ट प्रकृतिको बाल श्रम गर्न बाध्य छन् । अझैपनि गण्डकी प्रदेशमा ३ प्रतिशत बाल बालिकालाई निकृष्ट खालको श्रमका लगाइएको विवरण तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
अंग्रेजी तारिख अनुसार १२ जुन २०२२मा बाल श्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा भने बाल बालिका बाल श्रमको उच्च जोखिममा छन् । तरपनि नेपालको सन्दर्भमा हेर्ने हो भने पारिवारिक उपयोग र उत्पादन क्षेत्रमा सबभन्दा बढी बाल श्रमिक छन् । घरेलु कामदार, निर्माण व्यवसाय, होटल तथा रेष्टुरेन्ट, वर्कसप ग्यारेज, पर्यटन लगायतका क्षेत्रमा बाल श्रमिक छन् । बाल श्रम न्युनकरणको लागि सरकारी तथा सामाजिक संघ संस्थाको प्रयास प्रभावकारी बन्न सकेको छैन ।
विगत वर्षको तुलनामा बाल बालिकालाई श्रममा लगाउने दर घट्दो छ । सन १९९६मा नेपालमा २६ लाख बाल बालिका बाल श्रममा थिए । सन २००८मा १६ लाख बाल श्रमिक रहेकोमा सन २०२१मा आइपुग्दा ११ लाख बाल श्रमिक छन् । नेपालको भएका कानुनी व्यवस्था अनुसार कसैले पनि १४ वर्ष उमेर पुरा नगरेका बाल बालिकालाई कुनैपनि श्रमिकको रुपमा काममा लगाउनु हुँदैन । उनीहरुलाई जोखिम पूर्ण व्यवसाय र काममा लगाउन पाइदैन । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३९ (४)मा कुनैपनि बाल बालिकालाई कलकारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था छ ।
१४ वर्ष मुनीका बाल बालिका श्रममा प्रयोग गरिएमा कानुनी रुपमा दण्डनीय मानिन्छ । बालश्रम (निषेध र नियमित गर्ने )ऐन २०५६ले बाल बालिकालाई काममा लगाउन निषेध गरेको छ । नेपालले बालश्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्बद्र्धनका लागि बाल उन्मुलन सम्बन्धी महासन्धी १८२लाई अनुमोदन समेत गरेको छ । नेपालमा विद्यमान कानुनी व्यवस्था विपरित बाल बालिकालाई श्रममा लगाइएको छ ।
बाल श्रम, कानुनी र सामाजिक अपराध हो । बाल श्रमले बाल बालिकाको मनोभावनामा आघात पार्छ । बाल बालिकालाई श्रममा लगाउनु हानीकारक र परम्परागत अभ्यास हो । बाल श्रम न्युनिकरणको लागि सचेतनामुलक कार्यक्रममा जोड दिनु पर्छ । त्यसको लागि सबैको सरोकार बढाउनुका साथै सरकारी निकायलाई जिम्मेवार र जवाफदेही बनाउनु आवश्यक छ । बाल बालिकालाई श्रममा लगाउनेलाई कानुनी कारवाहीको दायरामा ल्याउन ढिलाई गर्ने हुदैन । तीनतहको सरकार निजी क्षेत्र एक आपसमा समन्वय र सहकार्य गरेर बाल श्रम न्युनिकरणको लागि प्रभावकारी कार्यक्रम गर्नु पर्छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया