जिसस कास्कीको अनुगमन

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले जिल्लामा निर्माणाधीन विकास आयोजनाको अनुगमन तीव्र पारेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको अनुगमन सोमबार भएको छ । सो क्रममा निर्माण चरण, प्रक्रिया, गुणस्तर, मापदण्ड र बाँकी कार्यका बारेमा जानकारीसहित सूक्ष्म निरीक्षण तथा अनुगमन गरिएको हो ।
६ करोड ६२ लाखमा निर्माण सम्झौता सम्पन्न सो भवनको निर्माण कार्यको गुणस्तरीयतामा कुनै कसर बाँकी नराख्न र समयमै सम्पन्न गर्न निर्माण कम्पनी ‘नयाँ बाटो जिएस इन्जिनियरिङ जेभीलाई आग्रह गरियो । जिल्ला समन्वय कास्की प्रमुख लीलाधर पौडेलको नेतृत्वमा, उपप्रमुख सरिता माल, जिसस सदस्यद्वय लक्ष्मी दमै र सुकमाया नेपाली, जिल्ला समन्वय अधिकारी नवराज बरालसहित, माछापुच्छ्रे गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी इन्जिनियर तथा प्राविधिक र कर्मचारी र सरोकारवालाको सहभागितामा अनुगमन गरिएको हो ।






चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया