पोखरा ३२ मा ट्रकले ठक्कर दिँदा पत्रकार रानाको परिवारै घाइते

समाधान संवाददाता २०७९ असार २१ गते १५:५१

पोखरा ।
पोखरा महानगरपालिका–३२ मजुवामा सोमबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ तीन जना घाइते भएका छन् । मोटरसाइकलमा सवार कान्तिपुर टेलिभिजनका तनहुँ सम्वाददाता प्रताप रानासहित उनकी श्रीमती र छोरी घाइते भएका हुन् । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये राना र छोरीको अवस्था सामान्य रहेको र श्रीमतीको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

ठक्कर दिने दोषीमाथि कारबाही गर्न पत्रकारहरु सम्बद्ध विभिन्न संघ संस्थाले माग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया