कच्चा तेलको मूल्यमा गिरावट, ४५ डलरसम्म आउनसक्ने प्रक्षेपण

समाधान संवाददाता २०७९ असार २३ गते ११:०८

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विगत केही दिनको तथ्यमा आधारित रहेर हेर्ने हो भने कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलरसम्मको उचाइमा पुगेको थियो।

वेस्ट टेक्सास इण्टरमिडिएट कच्चा तेलको मूल्य १० प्रतिशतले घटेर प्रतिब्यारेल ९९.५० अमेरिकी डलरमा आइपुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ब्रेन्ट कच्चा तेलको सन् २०२२ तेश्रो त्रैमासमा ९९ डलर प्रतिब्यारेल तथा चौथो त्रैमासमा ८५ डलर प्रतिब्यारेलसम्म आइपुग्नसक्नेछ । कुल मिलाएर सन् २०२२ मा ९८ डलर प्रतिब्यारेल र सन् २०२३ मा ४५ डलर प्रतिब्यारेलसम्म आउनसक्ने छ ।

अन्तराष्ट्रिय क्षेत्रका तेल विश्लेषकहरुले जारी वर्ष २०२२ को अन्तसम्ममा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६५ डलरसम्म सीमित हुनसक्ने दाबी गरेका छन् । विज्ञहरुले कच्चा तेलको मूल्यमा गिरावट यो वर्ष मात्र नभई अर्को वर्ष पनि जारी रहने प्रक्षेपण गरेका छन् । सन् २०२३ को अन्तसम्ममा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ४५ डलरसम्म आउनसक्छ ।

Advertisement

भारतमा हाल पेट्रोलको मूल्य प्रतिलिटर ९६ देखि १११ भारुसम्म रहेको छ । यदि आउने दिनमा प्रक्षेपण गरिएजस्तो कच्चा तेलको मूल्यमा कमी आयो भने भारतीय जनतालाई मात्र नभएर नेपालीलाई पनि बढ्दो महङ्गीबाट केही राहात प्राप्त हुने आशा गर्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया