भाषण गरिरहेका जापानका पूर्वप्रधानमन्त्री माथि गाेली प्रहार, अवस्था चिन्ताजनक

समाधान संवाददाता २०७९ असार २४ गते १२:५२

पाेखरा ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ। नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो।

Advertisement

गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो।

गम्भिर अवस्थामा एअर एम्बुलेन्सबाट उनलाई अस्पतालमा भर्ना गरिएकाे छ । त्यसपछिकाे उनकाे अवस्थाकाे बारेमा कुनै पनि हेल्थ बुलेटिन जारी गरिएकाे छैन् ।

Advertisement

टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा” भएको बताएका छन्।

तपाईको प्रतिक्रिया