पोखरा कलेज अफ म्यानेजमेन्टमा आइडिया कन्टेस्ट

समाधान संवाददाता २०७९ असार २६ गते १२:३९

पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)मा शुक्रबार आइडिया कन्टेस्ट प्रतियोगिता भएको छ । प्रतियोगितामा २३ वटा समूहले व्यवसायिक योजना प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्यानारोमिक एग्रो टुरिजम फार्म समूहलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

ब्लिसकेयर र मिस्टर घरकाम गरी २ समूहले समान अंक प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगिताका सबै पुरस्कृत तथा सहभागीलाई कलेजका प्राचार्य लिना नेगी गुरुङले पुरस्कार र प्रमाणपत्र प्रदान गरिन् । प्रतियोगीको योजनाको मूल्यांकन पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवाली र कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँवरले गर्नुभएको थियो ।

कलेजको वार्षिक क्यालेन्डर अनुसार नै यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम संयोजक मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगिताले उद्यमशीलता विषय अध्ययन गरिसकेका विद्यार्थीमाझ उद्यमी सोच निर्माण गर्न सघाएको विषय शिक्षक प्रतीक राईले बताए ।

Advertisement

पोखरा कलेज अफ म्यानेजमेन्टले २ दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सयभन्दा बढी विद्यार्थी बिबिए र बिसिआइएस (आईटी) अध्ययन गरिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया