डाँडागाउँमा सिर्जना र असार
समाधान संवाददाता
२०७९ असार २६ गते १२:४५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी डाडागाउँमा शनिबार रचनावाचन, असारे भाका र रैथाने विमर्श कार्यक्रम भएको छ । सिर्जना र असार समूह पोखराका संयोजक स्ट्रगल रानाकोे अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाका संरक्षण हुनुपर्ने बताए । उनले आफ्ना केही असारे भाकासमेत प्रस्तुत गरे ।
कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल, बसन्धरी भुवाईको समूह, संगम सांस्कृतिक समूह, शिव अधिकारी, ज्ञानु आचार्य, भीमराज आश्रम, भीम रानाभाट लगायतका स्रष्टाले आफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रममा सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्य, संगम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले, सिर्जना र असारका परिकल्पनाकार धनबहादुर तामाङ, स्थानीय धनबहादुर भुजेल, हेमबहादुर थापा किरण लगायतले बोलेका थिए ।
सम्बन्धित






सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया