पार्क, ट्रष्टमा छुट्टाइएका बजेट हटाउन मुख्यमन्त्रीको निर्देशन

समाधान संवाददाता २०७९ असार २७ गते ११:२८

पोखरा ।
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पार्क, ट्रष्ट जस्ता कार्यक्रमका लागि छुट्टाइएका बजेट हटाउन निर्देशन दिएका छन् । गोवर्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कमा छुट्टाइएका बजेट हटाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिएका हुन् ।

बजेटप्रति नागरिक असन्तुष्ट भएकामा यस्ता कार्यक्रममा बिनियोजीत बजेट प्रदेशका प्राथमिकताका विषयमा खर्च गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया