बेकोका नयाँ एसी बजारमा

समाधान संवाददाता २०७९ असार २७ गते १४:४२

काठमाडौं ।
युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोका आधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भटर एअर कन्डिसनर नेपाली बजारमा आएको छ । चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले यो एसी सार्वजनिक गरेको हो । जाडो र गर्मी दुबै मौसममा उपयोगी यो एअर कन्डिसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्ड जस्ता फिचर्स छन् । यसको गो क्लिन टेक्नोलोजीले एअर कन्डिसनरमा टासिएको धुलो र फोहोर आँफै पखाल्छ र जसले गर्दा एअर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न पाउँदैन, गन्ध घटाउँछ । यसले उपभोक्तालाई ताजा र स्वच्छ हावा दिने कम्पनीको दाबी छ ।

यसको गोल्ड गार्ड फिचर्सले एअर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ । जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ । यसको रिमोटमा बिशेष सेन्सर हुन्छ, जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ । कम्पनीका अनुसार यो एअर कन्डिसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ । यसमा १० वर्ष वारेन्टी छ ।

Advertisement

तपाईको प्रतिक्रिया