चरकमा स्याङ्जा गण्डकीका यात्रुलाई छुट

समाधान संवाददाता २०७९ असार २७ गते १५:१५

पोखरा ।
स्याङ्जा गण्डकी यातायात प्रालिमा आवद्ध सवारी साधनका यात्रुलै भईपरी आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् । पोखरामा स्याङ्जा गण्डकी यातायात प्रालि र पोखरा ८ स्थित चरक मेमोरियल अस्पतालबीच भईपरी आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा चरकका प्रबन्ध निर्देशक कपिल पोखरेल र प्रालिका कोषाध्यक्ष महेशबहादुर थापाले हस्ताक्षर गरेका छन् । स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भइपरि आउने दुर्घटनामा घाइते भएकाको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सम्झौतामा उल्लेख गरे ।

यस्तै, प्रालिमा आवद्ध कर्मचारी तथा उनीहरुका परिवारको दुर्घटना तथा अन्य उपचारमा पनि विशेष छुट हुने सम्झौता भएको प्रालिका महासचिव भानुभक्त बरालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया