किसानलाई लायन्स पेन्गुइनको साथ

समाधान संवाददाता २०७९ असार २७ गते १५:१९

पोखरा ।
लायन्स क्लब अफ पोखरा पेन्गुइनले पोखर ३३ को आपु कस्यारीका कृषकलाई फलफूल तथा डालेघाँसका बिरुवा वितरण गरेको छ । शनिबार वन निर्देशनालय गण्डकी प्रदेशका निर्देशक रामकाजी श्रेष्ठले कृषकलाई विरुवा वितरण गरे ।

श्रेष्ठले कृषकका लागी डालेघाँस महत्वपूर्ण हुने बताए । नेपालमा अझै पनि ८० प्रतिशतभन्दा बढी मानिस कृषि पेशमा आबद्ध भएको अवस्थामा कृषिकमुखी कार्यक्रम ल्याएर लायन्स क्लबले निकै राम्रो काम गरेको जनाए । कृषकले वस्तुभाउ पाल्न र फलफूलका बिरुवाबाट आय आर्जनको माध्यम बनाउन पनि सजिलो हुने उनले जनाए । प्रदान गरिएका बिरुवा जतनका साथ हुर्काउन र कृषिलाई प्रविधीमैत्री रुपमा उपयोग गर्न उनले आग्रह गरे ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आइ नेपालकी रिजन चियर पर्सन हिरा भण्डारीले वातावरण संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले हरेक वर्ष धेरै जस्तो लायन्स क्लबले गर्ने वृक्षरोपणबाट लाखौं कृषिक लाभान्वित भएको जनाए । कार्यक्रममा ५० घर परिवारका लागि ३ सय २० बिरुवा बितरण गरिएको थियो । जसमा इपिल–इपिल, बकाइनो, राईखनियो, बाँस, तेजपत्ता, अम्बा, चिउरी र अमलाका बिरुवा छन् । बिरुवा प्राप्त गरेपछि भगवती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लोकनाथ पौडेलले महानगरपालिका भए पनि अहिलेसम्म कोही कसैको आँखा नपरेको गुनासो गरे ।

Advertisement

उनले भने, ‘भन्नलाई महानगरबासी हौं तर राज्यको समेत आँखा परेको छैन ।’ कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपाल जोन ८ का जोन चियर पर्सन पदमलाल श्रेष्ठ, वन विज्ञान विद्यार्थी अस्मिता न्यौपाने, पेन्गुइनका चाटर्ड प्रेसिडेन्ट शीतल श्रेष्ठ, इमिडियट पास्ट प्रेसिडेन्ट ज्ञानबहादुर राना, प्रथम उपाध्यक्ष डण्डीराज त्रिपाठी, विकास नेपाली, क्लबका सचिव सुवास अम्गाई लगायतले बोलेका थिए । कार्यक्रम पोखरा पेन्गुइन अध्यक्ष दीपक भण्डारीले अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया