जसपा सांसदका जेठाजुकाे नाममा बजेट

समाधान संवाददाता २०७९ असार २७ गते १७:२७

पोखरा ।
जसपाकी सांसद धनमाया लामाका जेठाजु भिमसेन पोखरेलको नामको भिमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख विनियोजन गरिएको छ । गोरखाको सिरानचोक गाउँपालिका ५ मा राष्ट्रियस्तरको ‘१० वर्षे माओवादी जनयुद्ध, मधेस आन्दोलन लगायतका युद्धका विषय समेटेर युद्ध संग्रहालय बनाउने भनेर बजेट सिफारिस गरेकी थिइन् ।

कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोबद्र्धन शर्मा पोखरेलको नामको ट्रस्टलाई ५० लाख छुट्टाइएको थियो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका मातापिताको ट्रस्ट पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी कोषमा १ करोड विनियोजन भएको छ । सांसद विनोद केसीका दाइका नाममा म्याग्दीको बेनी नगरपालिका–७ मा स्थापित सहिद मदन केसी स्मृति भवन निर्माणका लागि १२ लाख रुपैयाँ बिनियोजन भएको छ ।

जनमोर्चा सांसद पियारी थापाको सिफारिसमा पारिवारिक कोषलाई ६० लाख विनियोजन भएको छ । काठेखोला गाउँपालिका–४ मा रहेको जिमाक सांस्कृतिक संग्रहालयका लागि बजेट बिनियोजन गरिएको हो । कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुन जोशीका पिताको स्मृति पार्कका लागि २० लाख रुपैंया कुस्मा नगरपालिकाकी पूर्वउपमेयर सीता काफ्लेका श्रीमान् डिल्लीराम लामिछानेको स्मृतिमा २० लाख रुपैयाँ बिनियोजन भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया