लेखा समितिको संयोजकमा झपट रानाभाट

समाधान संवाददाता २०७९ असार २७ गते १७:४२

पोखरा ।
पोखरा महानगरपालिकाको लेखा समितिको संयोजकको जिम्मेवारी नगरपरिषद्का सदस्य झपटबहादुर रानाभाट पाएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २१बाट निर्वाचित वडा सदस्य रानाभाटले स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिम पोखरा महानगरको ११ औं नगरसभाले लेखा समितिको संयोजकको जिम्मेवारी दिएको हो । संसदीय व्यवस्थामा लेखा समिति प्रतिपक्षी दलले पाउने व्यवस्था अनुसार उनले जिम्मेवारी पाएका हुन् ।

करिब ३ दशक यता विद्यार्थी तथा पार्टी राजनीतिमा क्रियाशिल रानाभाट नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य तथा निर्वाचन आयोग प्रमुख हुन् । लेखा समितिको सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गादेवी केसी थापा छन् । लेखासमितिमा आन्तरिक लेखा परीक्षण अधिकृत सदस्यसचिव रहने व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया