रेन्बो एकेडेमीमा भानुको स्मृति

समाधान संवाददाता २०७९ असार ३० गते ११:५१

पोखरा ।
रेन्बो एकेडेमिक होम्स् पोखराले आदिकवि भानुभक्त आचार्यको २ सय ९ ओैं जन्म जयन्तीको उपलक्ष्यमा प्रतियोगितात्मक कार्यक्रम गरेको छ ।

जीवनी लेखन प्रतियोगिता, कविता लेखन प्रतियोगिता र चित्रकला प्रतियोगिता भएका हुन् । जीवनी लेखनतर्फ शुभेच्छा शाही प्रथम, सुदीक्षा थापा द्वितीय, वर्षा गुरुङ तृतीय र रविना तामाङ सान्त्वना भए । कविता प्रतियोगितातर्फ अन्तरा यादव प्रथम, युनिसा परियार द्वितीय, जस्मिन बोहोरा तृतीय र संस्कृति कुँवर सान्त्वना बने ।

चित्रकला प्रतियोगितामा आदर्श घिमिरे, नाम्चा राई, रचना थापा र आदर्श रोका क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए । निर्णायकमा विद्यालयका शिक्षकहरु शिरोमणि सुवेदी र विश्वराज रसाइली थिए । विजेता विद्यार्थीलाई विद्यालयका प्राचार्य बाबुराम बराल र शैक्षिक विभाग प्रमुख पेमा दर्शनाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालयबाट संस्थापक प्राचार्य बाबुराम बरालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया