
पोखरा ।
महानगरपालिकाले मृत्यु भइसकेका लाभग्राहीलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत मृत्यु भइसकेकालाई ११ लाख ६० हजार निकासा गरेको उल्लेख छ ।
सामाजिक सुरक्षा कार्यविधि, २०७७ को दफा १५(२) २ मा भत्ता खाइपाई आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिई बाँकी रकम फिर्ता गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।
महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा मृत्यु दर्ता तथा लगत कट्टापश्चात महानगरको १० वडाको लाभग्राहीको खातामा ११ लाख ६० हजार निकासा गरेको पाइएको छ । महालेखा परीक्षकले बढी भुक्तानी भएको रकम फिर्ता गर्न महानगरलाई निर्देशन दिएको छ ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
सम्बन्धित
तपाईको प्रतिक्रिया