पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अध्यक्षमा यादव चयन

समाधान संवाददाता २०७९ साउन ३ गते १७:२२

पोखरा ।
पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अध्यक्षमा अभिषेक यादव चयन भएका छन् । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा यादव निर्विरोध चयन भएका हुन् । जसको उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा सचिवमा जगदिश भण्डारी, सहसचिवमा संदेश श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा, सुवाश बास्तोला, तृष्णा देवकोटा, दिनेश चापागाईं चयन भएका छन् । क्लवको वोमन कोर्डिनेटरमा दीपा तिवारी, एड्भाइजरी कमिटीमा प्रशान्त भुसाल, विकल बराल, भुपेन्द्र भट्ट, संदेश रेग्मी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष यादवले विश्वद्यालयको क्रिकेट क्लव लाई आफ्नो कार्यकालमा थप उचाइ दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डरसहित विश्वविद्यालयमा क्रिकेटलाई उजागर गर्ने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया