पलाँसको किताबको परिचर्चा

समाधान संवाददाता २०८१ वैशाख १७ गते ११:४८

पोखरा ।
गीतकार शिव पलाँसको गीति सञ्चयन ‘माया गर्नुको अर्थ’माथि परिचर्चा गरिएको छ । स्याङ्जाको किचनास घर भएका सर्जक पलाँस अहिले नर्थ क्यारोलिना, अमेरिकामा बसोबास गर्छन् । नेपालसहित विश्वका विभिन्न सर्जक, समीक्षकले अनलाइन माध्यमबाटै पुस्तकको चर्चा गरेका हुन् ।


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, नेपाली भाषा, साहित्य समिति (२०२३–२०२५) ले पुस्तक चर्चाको अवसर जुटाएका हुन् । कार्यक्रममा नेपाल, अमेरिका, क्यानडा र बेलायतका साहित्यकारहरु सहभागी थिए ।
अग्रज कवि तथा गीतकार लालगोपाल सुवेदीले पलाँसलाई प्रतिवद्ध र गम्भीर गीतकारको संज्ञा दिए ।


राजेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमका गीतकार सुवासचन्द्र ढुंगेलले पलाँस लाहुरे गीतकार नभएको र उनको गीति लेखनको शैली पृथक एवम् आकर्षक रहेको धारणा राखे । खेमराज पोखरेल, अञ्जु शर्मा, डा कुसुमाकर शर्मा, डा ऋषि बस्ताकोटी, रुद्र अधिकारी, गोविन्द कोइराला लगायतले कृतिमा समाविष्ट गीतहरुमाथि टिप्पणी गरेका थिए ।

Advertisement


समीक्षक एवं साहित्यकारहरुले राखेका जिज्ञाशाको जवाफ दिँदै गीतकार पलाँसले उठेका जिज्ञासाहरुमा जवाफ दिएका थिए । उनले जीवन, जगत र अनुभूतिलाई गीतका रुपमा अभिव्यक्त गर्ने गरेको सुनाए । कार्यक्रममको सहजीकरण विश्वराज अधिकारी गरेका थिए ।


‘माया गर्नुको अर्थ’ पलाँसको पहिलो कृति हो । डेढ दशकदेखि गीति क्षेत्रमा क्रियाशील पलाँसको यो सञ्चयनमा ८१ गीत छन् । कृति आवरण प्रकाशनले बजारमा ल्याएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया