अन्तरिक्षमा खेती गर्दै चीन

बिबिसी २०७९ साउन ५ गते ११:३२

काठमाडौं ।
खेतीपाती कहाँ गरिन्छ ? उत्तर सहज छ– जमिनमा । तर, अब खेतीपाती अन्तरिक्षमा पनि गर्न सकिन्छ । अन्तरिक्षमा खेतीपाती गर्ने विषयमा अब चीनले फड्को मारेको छ । चीनमा दोस्रो सबैभन्दा व्यापकरूपमा उब्जाइएको गहुँको प्रजाति लुयुआन ५०२ हो । जुन स्पेस म्युटिजेनेसिसमा प्रयोग गरेर उत्पादन गरिएको हो ।यो संसारको जुनसुकै ठाउँमा हावामा गहुँको बाली उडेको जस्तो देखिन्छ । तर, उत्तरपूर्वी चीनको फराकिलो फसल क्षेत्रमा उमारिएका यी कुनै साधारण बोटबिरुवा होइनन । तिनीहरू अन्तरिक्षमा हुर्केका थिए ।

यो लुयुआन ५०२ भनिने गहुँको नयाँ प्रजाति हो । यसले गहुँ उत्पादनमा आश्चर्यजनक प्रगति गरेको छ । यी बिरुवा पृथ्वीको सतहमाथि २ सय माइल माथिको कक्षामा उब्जाइएको बीऊबाट हुर्किएका हुन् । यो हाम्रो ग्रहको परिक्रमा गर्ने अन्तरिक्ष यान र अन्तरिक्ष स्टेशनहरूमा उब्जाइएको महत्वपूर्ण बालीहरूको नयाँ प्रजातिहरूको उदाहरणकारुपमा देखिएको छ । केही समयको लागि अन्तरिक्षमा बीऊ पठाउँदा वैज्ञानिकहरूलाई बालीका नयाँ प्रजाति विकास गर्न पनि उल्लेख्य रुपमा सहयोग पुगेको छ । यी बाली पृथक वातावरणमा चाँडै बढ्छन् । यसबाट विश्वको बढ्दो जनसंख्याको खाद्य आवश्यकता पूरा गर्न सहयोग पुग्छ । अन्तरिक्षमा बीऊ पठाएर, चिनियाँ वैज्ञानिकहरूले पृथ्वीमा फेरि राम्रो उत्पादन गर्न सक्ने बलियो बालीहरू सिर्जना गर्ने प्रयास गरिरहेका छन् ।

अन्तरिक्षमा पठाइएका बीऊ माइक्रोग्राभिटीमा बस्छन् । त्यहाँ तिनीहरूले विशाल मात्रामा ब्रह्माण्डीय किरण सामना गर्छन् । जसले बिरुवाको वृद्धि र रूपान्तरणलाई धेरै गति दिन्छ । यो प्रक्रियालाई स्पेस म्युटाजेनेसिस भनिन्छ । केही उत्परिवर्तीले बिरुवालाई बढ्न नसक्ने गरी छोड्छन् । जबकि ती केही लाभदायक हुन सक्छन् । केही बिरुवा कठोर र अधिक गम्भीर बढ्दो अवस्थाको सामना गर्न सक्षम छन् । पूर्ववत् रुपमा हुकाईएका बिरुवाभन्दा यस्ता बिरुवा बढी फल फलाउन वा छिटो बढ्न वा कम पानी चाहिन्छ ।

Advertisement

जब तिनीहरूलाई पृथ्वीमा फिर्ता ल्याइन्छ, यी अन्तरिक्ष–नस्ल बिरुवाको बीऊ होसियारीपूर्वक परीक्षण गरिन्छ । लोकप्रिय बाली प्रजाति सिर्जना गर्न नयाँ प्रजातिहरूमा प्रशोधन गरिन्छ । विश्वभर जलवायु परिवर्तन र अन्य कारकहरूका कारण कृषिमा दबाब बढ्दै गएको छ । जसले बढ्दो जनसंख्याको लागि खाद्य संकट निम्त्याउन सक्छ । ‘स्पेस म्युटाजेनेसिसले सुन्दर उत्परिवर्तन उत्पादन गर्छ,’ चीनका अग्रणी स्पेस म्युटाजेनेसिस विशेषज्ञ र बेइजिङस्थित चाइनिज एकेडेमी अफ एग्रीकल्चरल साइन्सेसको नेसनल सेन्टर अफ स्पेस म्युटाजेनेसिस फर क्रप इम्प्रुभमेन्टका निर्देशक लिउ लिकियाङ भन्छन् । लुयुआन ५०२ र अर्को एक बिऊ एक वास्तविक सफलताको कथा हो । यसको उच्च उत्पादकता छ र विभिन्न क्षेत्रमा र विभिन्न परिस्थितिमा खेती गर्न सकिन्छ ।

अन्तरिक्षमा उच्च ऊर्जा विकिरणले बीऊमा उत्परिवर्तनले सकारात्मक प्रभाव पर्न सक्छ । जसले धानजस्ता महत्वपूर्ण बालीहरूमा राम्रो र वाञ्छनीय विशेषता देखा पर्छ । लिउका अनुसार यो विगत ३० वर्षमा चीनमा उत्पादन भएका स्पेस म्युटाजेनेसिसका २०० भन्दा बढी प्रजातिहरूमध्ये एक हो । गहुँको अतिरिक्त, चिनियाँ वैज्ञानिकहरूले स्पेस–ब्रेड चामल, मकै, भटमास, अल्फाल्फा (जनावरको दानाका लागि प्रयोग हुने फलफूल, जसलाई फास्फासा पनि भनिन्छ), तिल, कपास, तरबूज, टमाटर, मिठो खुर्सानी र अन्य धेरै प्रकारका विकास गरेका छन् । यस्तै, तरकारी पनि विकास भएको छ । यो प्रयोग गर्ने विश्वको एकमात्र देश हो चीन ।

Advertisement

चीनले सन् १९८७ देखि स्पेस म्युटाजेनेसिस प्रयोग गर्दै आएको छ । चीनले बालीको बीउलाई कक्षामा लैजान दर्जनौं अभियान सञ्चालन गरेको छ । चिनियाँ वैज्ञानिकहरूले १९९० को दशकमा पहिलो अन्तरिक्ष–नस्ली बाली–यूजीयाओ १ भनिने मीठो खुर्सानीको एक किसिमको खेती गरेको थियो । हालैका दशकहरूमा विश्वव्यापी अन्तरिक्ष शक्तिको रूपमा चीनको उदयले यसलाई अन्तरिकक्ष कक्षामा हजारौं बीउ पठाउन सक्षम बनाएको छ । सन् २००६ मा चीनले शिजियान ८ उपग्रहमार्फत कक्षामा २ सय ५० किलोग्राम भन्दा बढी बीऊ र १५२ प्रजातिका सूक्ष्मजीवहरूको सबैभन्दा ठूलो खेप पठाएको थियो । यस वर्षको मे महिनामा मात्रै घाँस, जौ, अल्फाल्फा र विभिन्न प्रकारका फंगहरुसहित १२ हजार बीउ, शेन्झाउ १३ का मिसन चालक दलको एक भागको रूपमा अन्तरिक्षमा पठाइएको थियो । जुन चीनको तियान्हे अन्तरिक्ष स्टेशनमा ६ महिना बिताएपछि फर्किएको थियो ।

नोभेम्बर २०२० मा, चीनले चाङ ए ५ मिसनलाई चन्द्रमाको सतहमा पठाएको थियो । जुन चन्द्रमाको सतहमा पनि अवतरण भएको थियो । साथै चन्द्रमाको परिक्रमा गर्न प्रयोगशालामा धानको बीउको खेप पनि थियो । चिनियाँ समाचारपत्रका अनुसार चन्द्रमाबाट फर्किएका धानको बीउबाट पनि बाली उब्जाइएको थियो । ‘हामीले चीनको बलियो अन्तरिक्ष कार्यक्रमको फाइदा लिन्छौ,’ लिउ भन्छन्, ‘हामीले स्याटेलाइट, उच्च उचाइमा रहेका प्लेटफर्म र मानव बोक्ने अन्तरिक्ष यानहरू पनि वर्षमा दुई पटक अन्तरिक्षमा पठाउन र बाली काट्न प्रयोग गर्न सकिन्छ ।’ बीउहरू ४ दिनदेखि धेरै महिनासम्मका लागि पठाइन्छ । यस असामान्य वातावरणमा बीऊ र बिरुवामा धेरै परिवर्तन हुन सक्छन् ।

तपाईको प्रतिक्रिया