गण्डकी विश्वविद्यालयको स्पोट्स मिटका फाइनल खेलहरु शुक्रबार हुने

समाधान संवाददाता २०७९ साउन ५ गते १७:०६

पोखरा । गण्डकी विश्वविद्यालयको आयोजना गरेको इन्टर फ्याकल्टी स्पोट्स मिट अन्तर्गत फाइनलका खेलहरु भोलि हुने भएका छन् ।

फाइनलमा फुटसलमा पुरुषतर्फ विएसएम पहिलो सेमेस्टर र दोस्रो सेमेस्टर र महिलातर्फ बिएएलएलबी र बिफर्माबिच हुनेछ । पोखरा जिरोकिलोमा अवस्थित फरेष्टि फुटसल एरेनामा भएको सेमिफाइनल खेलमा विएसएम पहिलो सेमेस्टरले बिआइटी दोस्रो सेमेस्टर ७–० ले र बिएसएम दोस्रो सेमेस्टरले बिआइटी पहिलो सेमेस्टरलाई ६–१ पराजित गर्‍यो । महिलातर्फ बिएएलएलबी बिआइटि दोस्रो सेमेस्टरलाई २–१ ले र बिफर्माले बिबिएलाई १–० ले पराजित गर्दा फाइनलमा प्रवेश गरेका हुन् ।

रस्कासस्सीमा पुरुषतर्फ विएसएम पहिलो सेमेस्टर र बिएएलएलबी र महिलातर्फ बिएएलएलबी र बिआइटी पहिलो सेमेस्टर फाइनलमा प्रवेश गरेका छन् । यस्तै टेबलटेनिसका खेल महिला पुरुष दुवैतर्फको फाइनल खेल पनि शुक्रबार हुनेछ ।

Advertisement

गण्डकी विश्वविद्यालयले पहिलोपटक आयोजना गरेको उक्त स्पोट्स मिटमा विश्वविद्यालयमा अध्ययनरत ५ संकायका विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया