गण्डकी विश्वविद्यालयले आयोजना गरेको इन्टर फ्याकल्टी स्पोट्स मिट सम्पन्न

समाधान संवाददाता २०७९ साउन ६ गते २०:०९

पाेखरा । गण्डकी विश्वविद्यालयले आयोजना गरेको इन्टर फ्याकल्टी स्पोट्स मिट सम्पन्न भएको छ । उक्त स्पोट्स मिटको फुटसलको पुरुषतर्फको उपाधि बिएसएम पहिलो सेमेस्टर र महिलातर्फको उपाधि बिफर्मले जितेको छ ।

पोखरा जिरोकिमी स्थित फरेस्टी स्पोट्स एण्ड रिक्रेसन सेन्टरमा शुक्रबार बिएसएम दोस्रो सेमेस्टरलाई ६–२ ले हराउँदै पहिलो समेस्टरले पुरुषतर्फको उपाधि जितेको हो । महिलातर्फ बिफर्मले बिएएलएलबिलाई १–० ले पराजित गर्दै उपाधी जितेको हो ।

रस्साकस्सीतर्फ पुरुषतर्फ बिएएलएलबिलाई हराउँदै बिएसएम पहिलो सेमेस्टरले उपाधी जित्दा बिएएलएलबीलाई हराउँदै बिआइटीले महिलातर्फको उपाधि हात पा¥यो ।

Advertisement

टेबलटेनिसका पुरुषतर्फ बिएसएम दोस्रो सेमेस्टरका गौरव श्रेष्ठलाई पराजित गर्दै पहिलो सेमेस्टरका अनुष कुवरले उपाधी जित्न सफल भए । महिलातर्फ उपाधि बिएएलएलबिकी रञ्जु जिसीलाई पराजित गर्दै बिएएलएलबिकै सिर्जना घर्तिले हात पारिन् ।

साउन ४ गतेदेखि सुरु भएको उक्त स्पोट्स मिटमा गण्डकी विश्वविद्यालय अध्ययनरत ५ संकायका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया