११ र १२ कक्षा दिवामा चलाउन माग

समाधान संवाददाता २०७९ साउन ११ गते ११:४६

पोखरा ।
शिक्षा सरोकार समूह पोखरा १७ ले कक्षा ११ र १२ को पढाइ दिउँसो गर्न माग गरेको छ । वडा कार्यालय पोखरा १७ र वडा शिक्षा समितिलाई ध्यानाकर्षण पत्र बुझाउँदै समितिले यस्तो माग गरेको हो ।

कक्षा ९ देखि १२ सम्म मावि तहमा पर्ने सरकारले वर्गीकरण गरिसकेको र सोही बमोजिम पाठ्यक्रम परिमार्जनसमेत भइसकेको छ । बिहानी सत्रमा ११ र १२ को पढाइ हुँदा क्रेडिट आवर नपुग्ने र विद्यालय शिक्षाको आभास नहुने समितिले जनाएको छ ।

वडाका अरु विद्यालयले कक्षा ११ र १२ को पढाइ दिउँसो सञ्चालन गरे पनि छोरेपाटन माविले बिहानी शत्र नै चलाएको छ ।
पोखरा महानगरको शिक्षा महाशाखाले कक्षा ११ र १२ दिवा शत्रमा चलाउन र त्यसको जानकारीसमेत दिन भनेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया