चलचित्र प्रसार गर्न ‘प्रकाश’ टिम पाेखरामा

समाधान संवाददाता २०७९ साउन १२ गते १८:१६

पोखरा ।
फिल्म प्रकाशको टिम प्रमोशनको सिलसिलामा बिहीबार पोखरा आएको छ । कलाकार प्रदीप खड्का मुख्य भुमिकामा रहेका फिल्म भदौ १० गते प्रदर्शन हुने निर्माण टोलीले जानकारी दिएको छ ।

‘फिल्मले भ्रष्टाचार र बेथितिले कसरी आम नागरिक सरकारी पहुँचभन्दा टाढा छन् भन्ने चित्रण गर्छ । सरकारी कार्यालयमा हुने भ्रष्टाचारले फिल्मको मुख्य पात्रको शिक्षक बन्ने सपना कसरी प्रभावित हुन्छ भन्ने चित्रण फिल्मले गर्छ ।’ कलाकार खड्काले भने । हाम्रो समाजमा पहुँचविहीनहरु क्षमता भएर पनि राजनितिक चलखेलले गर्दा अगाडी बढ्न नसकेको अवस्था रहेको उनको भनाइ छ ।

छोराको सपना पूरा गर्न आमाले कति सम्म संघर्ष गर्न सक्छ त भन्ने विषयलाई फिल्ममा समावेश गरिएको कलाकार दिया मास्केले बताइन् । फिल्म विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको कथामा आधारित छ ।
फिल्ममा दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे लगायतको अभिनय छ । फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् भने महेन्द्र अधिकारीले निर्माण गरेको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया