जब पोखराबाट काठमाडौं उडेको जहाजको एउटा इन्जिन फेल भयो…

समाधान संवाददाता २०७९ साउन १३ गते १०:३६

पोखराबाट आज शुक्रबार बिहान ८ः ५४ मा काठमाडौँका लागि उडेको यती एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि फेरि पोखरा फर्केको छ। विमानस्थलको धावनमार्ग छोडेर उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी गराएका थिए। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइनको उक्त जहाजमा ४५ यात्रु थिए ।

अरुको उडान, अवतरणभन्दा पहिला त्यही जहाजलाई प्राथमिकता दिएर अवतरण गराइएको सुवेदीले जानकारी दिए । ‘कुनै जहाजमा समस्या भए, उसलाई अवतरणका लागि प्राथमिकता दिने भन्ने हुन्छ,’ उनले भने, ‘त्यसै अनुसार अवतरण गरायौं ।’ सुवेदीका अनुसार ६ मिनेटमै जहाज पोखरा विमानस्थल फर्किएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया