कालिका माविमा सरसफाई समिति गठन

समाधान संवाददाता २०७९ साउन १५ गते १५:५९

पोखरा ।
कालिका माध्यमिक विद्यालय रामबजारमा विद्यालयको वातावरण स्वच्छ सफा राख्न र आफ्नो फाहोेरको व्यवस्थापन आफैं गर्ने उद्देश्यले शिक्षक एवम विद्यार्थीहरुको संयूक्त रुपमा मूल समिति गठन गरिएको छ ।

विद्यालयका सह प्रध्यानाध्यापक श्रीराम आचार्य र प्रावि इन्चार्ज बिजयलक्ष्मी कोइरालाले मूल समितिमा रहेका विद्यार्थी लगायत शिक्षक प्रतिनिधिहरुलाई टिका लगाई बधाई दिएका थिए ।

विद्यालय सरसफाई मूल समितिमा १३ सदस्यीय समिति रहेका छन् । उत्सव गुरुङ अध्यक्ष रहेको मूल समितिमा उपाध्यक्ष सलिना राना, कोषाध्यक्ष आशा जलारी, सचिव बिसाल कुमार, सह सचिव सुक्मित गुरुङ, सह कोषाध्यक्ष जोसन राई र सदस्यहरुमा विन्दुदेवी गुरुङ, सृजना गुरुङ, अञ्जली मिश्र, मुना अधिकारी, प्रिन्स गुरुङ, मनाेज लेपाली र सन्देश क्षेत्री रहेका छन् ।

Advertisement

विद्यायलका प्रध्यानाध्यापक बलराम गिरीले विद्यालय क्षेत्रलाई स्वच्छ र सफा राख्ने काम विद्यार्थीको मात्र होइन विद्यालयमा कार्यरत सबै शिक्षक कर्मचारीको पनि रहेको उल्लेख गरे । कार्यक्रम संयोजक शिक्षिका लेकमाया पुन र विद्यालयका सह- प्रअ बासुदेव अधिकारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया