प्रहरीको पुस्तकालयलाई पोखरा अभियानको साथ

समाधान संवाददाता २०७९ साउन २७ गते ११:०२

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा निर्मित पुस्तकालयलाई लायन्स क्लब अफ पोखरा अभियानले पुस्तक हस्तान्तरण गरेको छ । क्लब अध्यक्ष कृष्ण लम्सालले प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीलाई पुस्तक हस्तान्तरण गरे । अध्यक्ष लम्सालले प्रहरी परिसरमा पुस्तकालय निर्माण हुनु सराहनीय भएको बताए । प्रसिद्ध लेखकबाट लिखित उपयोगी, प्रेरणादायी, ज्ञानवद्र्धक पुस्तक भएकाले पुस्तक अध्ययनमा रुचि हुनेहरुका लागि पुस्तकालय उपयोगी हुने विश्वास उनको छ ।

कार्यक्रममा डिस्ट्रिक ३२५ आई नेपालका द्वितीय भाइस डिस्ट्रिक गर्भनर विनोद ढुंगानाले सही ज्ञानले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सम्भव हुने विचार राखे । पुस्तकालयमा रहेका पुस्तकबाट प्रहरी, सेवाग्राही, थुनुवा सबै लाभान्वित हुने उनको भनाइ छ ।

लम्सालले लायन्स क्लबले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए । आगामी दिनमा पुस्तकालयलाई प्रविधियुक्त बनाउन र इलाइब्रेरीका लागि आवश्यक सहयोगका लागि हातेमालो गर्न तयार रहेको उनको भनाइ छ । प्रहरी उपरीक्षक तिवारीले पुस्तकालयको महत्वलाई बुझेर समाजसेवामा सक्रिया संस्थाबाट उपयोगी पुस्तक पाउँदा निकै खुसी लागेको जनाए ।

Advertisement

उनले नागरिक बर्दी विनाका प्रहरी भएकाले समाजमा अपराध न्यूनीकरण, शान्ति, अमनचयन स्थापना गर्नका लागि सकारात्मक साथको खाँचो औंल्याए । उनले प्रहरीभित्र पनि ज्ञानको दायरालाई फराकिलो बनाउनका साथै उनीहरुको रुचि अनुसारका प्रेरणादायी पुस्तक अध्ययनको वातावरण लागि पुस्तकालय निकै उपयोगी भएको भनाइ राखे ।

तत्कालीन कास्की प्रहरी प्रमुख रमेश थापाको नेतृत्वमा निर्मित उक्त पुस्तकालय असारको १३ गते उद्घाटन भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया