आमा गुमाएँ, अरुलाई बचाउन चाहन्छु

सञ्जय रानाभाट २०७९ साउन ३० गते १९:०६

सञ्जय रानाभाट
पोखरा ।
पर्वतका सन्देश सुवेदी सानै उमेरदेखि साइकल प्रेमी हुन् । हिँड्न, डुल्न होस् वा लामो यात्रा, प्रायः सन्देश साइकल चलाउँछन् । साइकल यात्रीसँग सन्देश मेची महाकाली सामाजिक अभियानका रुपमा उनले आफ्नो परिचय बनाएका छन् ।


पर्वतको ग्यादी पीपलटारीमा जन्मे हुँर्केका २२ वर्षीय सन्देश सानैबाट जिज्ञासु स्वभावका थिए । ५÷६ कक्षा पढ्दादेखि सामाजिक कार्यमा सक्रिय सन्देशले मेची महाकाली रगत संकलन अभियन्ताको परिचय पनि बनाएका छन् । मेची महाकाली अभियानबाट ५ सय ५८ युनिट रगत संकलन गरेको उनले बताए । ‘म जहाँ पुग्छु, त्यहाँ रक्तदान कार्यक्रम आयोजना गर्छु । सुरुमा जुन ठाउँको यात्रा गर्छु । त्यहाँ रहनुभएका स्थानीय सामाजिक अभियन्ताको साथ, सहयोगले नै यो अभियान सफल भएको छ,’ उनले भने ।


स्वास्थ्य नै धन हो । धन आर्जन र सहज जीविकाका लागि शरीर स्वास्थ हुनुपर्छ । साइकल यात्रामार्फत् रक्तदान कार्यक्रम आयोजना गर्र्दै हिँडेका सन्देशले छिट्टै ७७ जिल्लासम्मै पुगेर यो अभियानलाई विस्तार गर्ने योजना सुनाए । ‘यो अभियानको मुख्य उद्देश्य रगतको अभावले कहिँकतै अप्रिय घटना नहोस् भन्ने हो,’ उनले भने ।

Advertisement


यो वर्ष २५ वैशाखबाट साइकल यात्रासँग रगत अभियानमा हिँडेका सन्देशले अहिलेसम्म २२ जिल्ला पुगेर रक्तदान कार्यक्रमबाट ५ सय ५८ युनिट रगत संकलन गरेको सुनाए । ‘पुग्न त सबै जिल्ला पुग्ने लक्ष्य छ । विस्तारै यो अभियानमा पनि छु,’ उनले भने, ‘स्थानीय, ब्लड बैंक र विभिन्न सामाजिक संस्थाको साथले यो अभियान सहज भइरहेको छ ।’ सन्देशले जुन जिल्लामा रगत संकलन गर्छन्, त्यही जिल्लाको बल्ड बैंकमा रगत दिने गरेका छन् । ‘मेरो उद्देश्य नै देशभर रहेका ब्लड बैंकमा रगत अभाव नहोस् भन्ने हो । म जहाँ जान्छु, त्यही जिल्लाको ब्लड बैंकसँग सहकार्य गर्छु ।’


सन्देश मेची महाकाली अभियानमार्फत् सामाजिक कार्यमा लाग्नुको मुख्य कारण बुझन् ५ वर्षअगाडि फर्किनुपर्छ । जति बेला सन्देशकी आमाको ब्रेन ट्युमरका कारणले मृत्यु भयो । उनी कक्षा १० मा पढ्थे । कक्षा ६ पढ्दादेखि टाउकोमा ब्रेन ट्युमरकी भएकी बिरामी आमाको पटक पटकको अस्पताल बसाईंमा रगत अभाव मुख्य समस्या हुन्थ्यो ।

Advertisement


जुन जुन अस्पताल पुग्थे, रगत अभावकै कारणले धेरै मान्छे सास्ती भोगिरहेका देखिन्थे । उनलाई पनि त्यस्तै भएको थियो । त्यति बेला नै सन्देशलेसक्ने भएपछि रगत संकलन अभियानमा लाग्ने प्रण गरेका थिए । ‘जति बेला ममीको ब्रेन ट्युमरको अप्रेसन भयो । त्यति बेला मैले प्रण गरेको थिएँ । जति बेला सक्ने हुनेछु, त्यही बेलादेखि रगत संकलन अभियानमा लाग्नेछु,’ उनले विगत सम्झे ।
आमा बिरामी हुँदा अस्पताल बसाईंको लामो समयले सामाजिक अभियन्ता बन्न प्रेरित ग¥यो । सन्देश यसरी साइकल यात्रामार्फत् ३२ जिल्ला र रगत संकलन गर्न २२ जिल्ला पुगे पनि उनको उद्देश्य भने रगत अभाव हुन नदिनु हो । उनी जीवनको उत्तराद्र्धसम्म यहीँ काम गर्न चाहन्छन् । ‘आमालाई ब्रेन ट्युमर थियो । उपचारका लागि रगत आवश्यक पथ्र्यो । तर, जति बेला हामीसँग पैसा पनि थिएन । उपचारकै अभावमा ममीले ज्यान गुमाएपछि त्यो पीडा मभित्र गड्यो ।’


रगत संकलन गर्ने सानैदेखि सोख भए पनि उनले २० वर्षको उमेरमा पहिलो पटक रगत दान गरेको उनी बताउँछन् । त्यसपछि उनलाई रगत दान र रगत संकलनको हुटहुटी लाग्यो । ‘त्यसपछि म आफैंले ६ पटक रगत दिइसकेँ । नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य हुँ । अहिले ३÷३ महिनामा रगत दिन थालेको छु । अब दिने रगत ७ आंै पटक हुनेछ ।’


पहिलोचोटि साइकल यात्रा गर्दै उनी काँकडभिट्टादेखि महेन्द्रनगरको यात्रामा गएका थिए । जति बेला विश्व साइकलयात्री अजित बराल र अर्का साइकलयात्री सन्तोषले उनलाई साथ दिएका थिए । रगत संकलनकै अभियानमा धरानमा सबैभन्दा बढी रगत संकलन गरेको उनले बताए । ‘सबैभन्दा दुख पनि मैले धरानमै पाएँ । धेरै रगत पनि त्यहीँ संकलन भयो ।’


उनी अहिले बिबिएस तेस्रो वर्षमा पढ्छन् । भन्छन्, ‘यो अभियानमा लाग्न आर्थिक सहयोग गर्नुहुने सबैप्रति आभारी छु ।’ अभियान चलाउँदै मानिसमा चेतना फैलाएर देशभरी नै रगतको अभाव हुन नदिने उनको सपना छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया