सिपयुक्त शिक्षा आजको आवश्यकताः मन्त्री बराल

समाधान संवाददाता २०७९ भदौ १ गते १८:१०

पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सरकारी नुन पानी खानेहरुले सरकारी विद्यालयमा आफ्ना छोरा छोरी पढाएमा शिक्षामा सुधार हुने बताएका छन् । पोखरा १६ लामाचौर स्थित इन्द्रराज्यलक्ष्मी माविको ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत शैक्षिक प्रर्दशनीको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।

सरकारी विद्यालयहरुको शिक्षामा विस्तारै सुधार हुदै आएको बताउदै मन्त्री बरालले सरकारी शिक्षामा थप गुणस्तर कायम गर्न सरकारी नुन पानी खानेहरुले कम्तिमा सरकारी विद्यालयमा आफ्ना छोरा, छोरी तथा नाति नातिनाहरु पढाउने सिस्टम गर्न सके राम्रो हुने बताए । उनले निजी विद्यालयको बिरोध गर्नु भन्दा सरकारी विद्यालयमा सुधार गर्न तर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

सिपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउदै मन्त्री बरालले श्रोतसाधनलाई ठिक ढंगले प्रयोग गरी उद्यमशिल तथा स्वरोजगार हुने बताए । साथै उनले रैथाने जातिका छोराछोरीलाई समेत आफ्नो नजिकको बिद्यालयमा पढाउनु पर्नेमा जोड दिए । माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएको मन्त्री बरालले संघ सरकारले प्रदेशहरुलाई दिनुपर्ने अधिकार नदिएको कारण पछिल्लो समयमा संघियता माथि नै प्रश्न उठन थालेको बताए ।

Advertisement

विद्यार्थीहरुले मेहनत गरी निर्माण गरेको शैक्षिक प्रर्दशनीको निकै चासोका साथ अवलोकन गर्दै मन्त्री बरालले विद्यालयमा हाल आवश्यक भएको प्रशासनिक भवन तथा सभाहल निर्माणमा थप सहयोग गर्ने बताए । नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले भुगोल सुहाउदो प्राविधिक, नैतिक, सिप, उद्यमशिलता हुने शिक्षा आवश्यक भएको बताए । पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ५ बर्षको अन्तरालमा मन्त्री बरालको पहलमा पहिलो पटक प्रदेशबाट उत्तः विद्यालयमा बजेट विनियोजन भएकोमा खुसि व्यक्त गर्दै थप सहयोग गर्न आफुहरु समेत तयार भएको बताए ।

पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले मजदुर, अस्थायी बसोबास गर्नेका छोराछोरीहरु बढी अध्ययन गर्ने उक्त विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न कठिन हुने गरेको बताए । नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले उक्त विद्यालयमा उल्लेखनिय रुपमा शैक्षिक सुधार भएको दाबी गरे । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दील बहादुर थापा, शिक्षक सिता पौडेल, विद्यार्थी सृष्टिका खड्का लगायतले शिक्षाको बारेमा वोलेको विद्यालयका प्राचार्य केशवप्रसाद अम्गाँईले बताए । २०१० सालमा स्थापना भएको विद्यालयमा हाल ९ सय ३१ जना बिद्यार्थी, ४८ जना कर्मचारी रहेको विद्यालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया