गुनासा सुन्दै, मत माग्दै– अर्जुन

समाधान संवाददाता २०७९ भदौ १५ गते २०:१२

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा नेतृत्व लिन अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो गर्दै पोखरा १० अमरसिंहचोक पुग्यो । टोलीसँग स्थानीयले आफैंले बनाएको पिंढीमा पसलका सामान राख्न नपाएकोमा रोस प्रकट गरे ।
एक हाते ट्याक्टर बिक्रेताले पसल अगाडि ट्याक्टर प्रदर्शन गर्नकै लागि ढुंगा बिछ्याएका थिए । केही दिन ट्याक्टरबाहिर राखेपछि महानगरपालिकाले बाहिर सामान नराख्न निर्देशन दिएपछि उनी तनावमा थिए । मापदण्ड भित्र नपर्ने स्थानमा पनि सामान प्रदर्शनमा राख्न नपाउँदा व्यावसायमा घाटा परेको उनले सुनाए । महासचिवका आकांक्षी केशवबहादुर खत्री र उपमहासचिव पदका उम्मेदवार हर्कबहादुर केसी (मिराज) ले उनको समस्या टिपे ।


ती व्यावसायीको जस्तै पोखराका उद्योगी, व्यावसायीका अनेक समस्या छन् । पोखरेल प्यानल उनीहरुको समस्या टिप्दै भोट माग्दै हिडेको छ । समस्या टिपेर राखेपछि आफू नेतृत्वमा गएपछि समाधान गर्नका लागि सहज हुने उद्योग उपाध्यक्षका आकांक्षी देवेन्द्र केसी बताउँछन् । ‘हामी अहिले भोट माग्न भन्दा पनि भेटघाट र समस्या टिप्न हिडेका छौं,’ उनले भने, ‘अहिले समस्या र गुनासा सुनेपछि पछि नेतृत्वमा गएपछि हामीलाई काम गर्न सहज हुन्छ । आशा छ काम गर्छु भनेर यसरी हिंडेको प्यानललाई मतदाताले विश्वास गर्नुहुनेछ ।’


पोखरेलको प्यानल बुधबार घरदैलो कार्यक्रम गर्दै बुद्धचोक, अमरसिंहचोक, हस्पिटलचोक, माटेपानी, शितलादेवी, रानीपौवा, फुलबारी, मणिपाल, महेन्द्रपुल, सिद्धार्थचोक लगायत स्थानमा पुगेको छ । उनको समूहबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । सदस्यमा भरत केसी, कृष्णप्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलीपकुमार श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेल उम्मेद्वारी घोषणा गरी चुनावी प्रचारमा छन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया