कु प्रथाविरुद्ध अभियान निरन्तर

समाधान संवाददाता २०७९ भदौ १६ गते ११:१६

पोखरा ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले सञ्चालन गर्दै आएको अभियान बुधबार पोखरा २५ हेमजामा भएको छ । कार्यक्रममा ज्येष्ठ नागरिक समिति पोखरा २५ हेमजाका अध्यक्ष नीलकण्ठ पौडेलले बोक्सी भ्रम भएको बताउँदै मानिसको हेराइ दोषी भएको उल्लेख गरे ।

कार्यक्रममा संस्थाले निर्माण गरेको चलचित्र अग्निदहन प्रदर्शन गरिएको थियो । ज्येष्ठ नागरिक समिति पोखरा २५ हेमजाको ५ औं साधारण सभाको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका संरक्षक भुवनेश्वर पौडेल र पत्रकार तिमिल्सिनाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया