उद्योग वाणिज्य संघमा ललितको उम्मेदवारी

समाधान संवाददाता २०७९ भदौ १७ गते १३:२४

पोखरा ।
ललित कुँवरले पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी तीन दशकदेखि व्यवसाय र पर्यन क्षेत्रमा संलग्न छन् ।


पोखरा १५ का कुँवर व्यवसायको साथसाथै विभिन्न सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । पोखरा १५ मा रहेको लालुपाते कृषि फर्म पोखराकै पुरानोमध्येको एक कृषि फर्म हो । आफ्नै फर्ममा उत्पादित तरकारी उनको अर्को होटल व्यवसायमा पनि खपत हुन्छ । पोखरास्थित लेकसाइडमा रहेको होटल लुनाका सञ्चालक पनि कुँवर हुन् ।

होटेलबाहेक खाद्यान्न सप्लायर्सका लागि उनले आभाष ट्रेडर्स पनि सञ्चालन गरेका छन् । पछिल्लो समय व्यवसाय विस्तारको क्रममा ८ वर्षदेखि ट्रेडर्स सञ्चालनमा छ । कुँवर पोखरा १५ मा रहेको सिद्ध पब्लिक कलेजका संरक्षक पनि हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया