जेसीजको साइवर क्राइम तथा वित्तिय साक्षरता सम्बन्धि जनचेतना

समाधान संवाददाता २०७९ भदौ २२ गते १४:३३

पोखरा ।
पोखरा जेसीजले साइवर क्राइम सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ । बुधबार पोखरा पर्यटन वोर्डको कार्यालय बैदाममा पोखराका विद्यार्थीलाई साइवर क्राइम सम्बन्धि जनचेतना दिइएको हो ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले इन्टनेटको प्रयोग गर्दा वा मोवाइल, ल्यापटप, कम्प्यूटर सामाजिक सञ्जाल प्रयोग गर्दा हुने साइवर क्राइम सम्बन्धि जानकारी तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिएका थिए ।
पृथ्वी नारायण क्याम्पसका क्याम्पस प्रमुख तथा कानुनी सल्लाकार जनकल्याण पराजुलीले साइवर क्राइम सम्बन्धि जानकारी गराउदै, त्यसबाट कसरी बच्न सकिन्छ, साइवर क्राइम गरेमा हुने कानुनी सजायका बारेमा बताएका थिए ।


कृषि विकास बैंक लिमिटेडका प्रबन्धक भीम सुवेदीले वित्तिय साक्षरताको बारेमा जानकारी दिएका थिए । वित्तिय मामिलामा निर्णय गर्न सक्ने क्षमता र कला बृद्धि गर्नु नै वित्तिय साक्षरता हो उनले भने ।

Advertisement


कार्यक्रमा ग्लोबल उच्च मावि, इन्द्र राज्य लक्ष्मी मावि, गुप्तेश्वर उच्च मावि, र न्यू ग्यालेक्सी माविका विद्यार्थी लगायत शिक्षकहरुको सहभागीता थियो । विद्यार्थीको तर्फबाट ग्लोबल उच्च माविकी छात्रा सोनिसा भण्डारी, न्यू ग्यालेक्सी उच्च माविका छात्र श्रीसन कानिलाले आफ्नो भनाइ राखेका थिए ।

स्वागत मन्तव्य राख्दै मुल कार्यक्रम संयोजक कुशल पौडेलले कार्यक्रमकाे जानकारी दिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मिनराज खड्काले गरेका थिए भने कार्यक्रम संञ्चालन संस्थाका महासचिव प्रकाश घिमीरेले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया