लेक साइडमा हारमोनि क्याफे संचालन

पोखरा ।
पोखरा लेकसाइड नारेश्वरमा नयाँ हारमोनि क्याफे सञ्चालनमा आएको छ । युवा व्यवसायी प्रदिप छिन्दालले क्याफे सञ्चालनमा ल्याएका हुन् । स्याङ्गजा र पाल्पामा उत्पादित अर्गानिक कफिलाई रोस्टेट विन्स मार्फत कफि मेशिनमा गलाइन्ड गरि आठ प्रकारका कफि तयार पारिने सञ्चालक प्रदिपले जानकारी दिए । सपमा स्यानडुइज र बेकरी आइटम पनि पाउन सकिन्छ ।
करिब पचास लाख लगानि खुलेको सपमा पाँच जनाले कार्यरत छन् । भविष्यमा लेकसाइडको गौरीघाट, राष्ट्रबैङक चोक, न्युरोड र अमंरसिह चोकमा समेत शाखा विस्तार गर्ने योजना रहेको उनले सुनाए ।
कार्यक्रममा नेपाली कांग्रेस पुतली बजार नगरपालिका ६ स्याङजा टक्सारका सभापति र गण्डकी टेलिभिजनका अध्यक्ष राजु केसीले क्याफेको उद्घाटन गर्दै युवाहरु अहिलेको परिवेशमा उत्पादन मुलक काममा लाग्नु पर्ने बताए । नेपालका अधिकांश युवाहरु कामको खोजीमा विदेश पलाएन भएको अवस्थामा नेपालमै बसेर आफ्नै क्षेत्रमा केही गरौ भनेर लागेका युवालाई राष्ट्र र समाजले प्रोसाहन गर्नेु पर्नेमा जोड दिए । उनले राम्रो कामको सुरुवात भनि व्यवसायीको प्रशंसा गरे ।
नेपाल दलित संघ पोखरा ६ का वडाध्यक्ष सन्दिप दियालीले युवाहरुको जोश जागर लाई राज्यले चिन्न नसक्दा अधिकांश युवा विदेश पलाएन हुनु परेको बताए । युवाहरुको जोश जागर लाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समवृद्दि तर्फ आगाडि बढ्ने विश्वास व्यक्त गरे ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया