बेलायतकी महारानी एलिजावेथको निधन

समाधान संवाददाता २०७९ भदौ २४ गते १०:२३

बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङहम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्।

तपाईको प्रतिक्रिया