मेरो नेपालमा एकेन्द्र

समाधान संवाददाता २०७९ भदौ २५ गते १९:४३

पोखरा ।

मेरो नेपाल युवा क्लब पोखरा १४ मझेरीपाटनको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित भएका छन् । शनिबार भएको ११ औं अधिवेशनले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष दिनेश कुँवर, सचिव कमलराज ढुंगाना सहसचिव अमृत कार्की र कोषाध्यक्षमा नवीन जिसी चयन भएका छन् ।


सदस्यमा निशान कार्डी, राजु कार्की, श्यामकुमार श्रेष्ठ र सौरभ कार्की चयन भएका छन् । वडाध्यक्ष बोधबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन कमिटीका संयोजक बोधराज बरालले गरेका थिए । निर्वाचन कमिटीको सदस्य बटुकृष्ण कुँवर र राजुकुमार थापाले गरेको क्लबका पृथ्वी कुँवरले जानकारी दिए । अधिवेशन क्लबका निवर्तमान अध्यक्ष दिवस कुँबरको अध्यक्षमा भएको थियो ।

Advertisement


नवनिर्वाचित अध्यक्ष कुँवरले आफूले संस्थाको अधिकतम हितमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेभेन ए साइड फुटबलको पाँचौं संस्करण पूरा गरेको क्लबले हाल अत्याधुनिक व्यायामशाला सञ्चालनमा ल्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया