नक्कली परीक्षार्थी पक्राउ

समाधान संवाददाता २०७९ भदौ २६ गते १९:३७

पोखरा ।
नक्कली परीक्षार्थी बनेर ट्रायल दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । तनहुँ भानु नगरपालिकाका २ का मञ्जु पाण्डेको २२ गते पोखरामा सञ्चालन भएको स्कुटरको ट्रायल परीक्षा दिने र दिन लगाउने दुवैलाई प्रहरीले पक्राउ परेका हो ।

प्रयोगात्मक परीक्षा दिने पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह चोक बस्ने निर्मला विश्वकर्मा र परीक्षा दिन लगाउने तनहुँ भानु नगरपालिका वडा नम्बर ४ घर भई जिल्ला पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ निरा रानाभाट पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया