पोखराकी ज्योति थापा दोस्रो पटक रुप स्मृति राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियन

समाधान संवाददाता २०७९ असोज ४ गते १८:४८

पोखरा ।
पोखराकी ज्योति थापा दोस्रो पटक महिला राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियन बनेकी छन् । शुक्रबार र शनिबार काठमाडौं स्थित दशरथ रंगशालामा नेपाल पावरलिफ्टिङ संघद्वारा आयोजित दोश्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा थापा महिला तर्फ सबै भन्दा धेरै तौल उचालेर च्याम्पियन बनेकी हुन् ।


थापा गत वर्षको राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिताकी च्याम्पियन पनि हुन् । नेपाल पावरलिफ्टिङ संघ प्रतियोगीताको पहिलो संस्करण २०७७ चैतमा आयोजना सुरु भएको थियो । उनको यो दोस्रो जित हो । पोखरा लेकसाइडमा बब्स जिमकी प्रशिक्षक थापा शारीरिक बल अभिवृद्धि निकै सक्रिय छिन् । उनले ओभरअल च्यापिनहुँदा १ लाख र उमेर समुहमा २० हजार नगद पुरस्कार पाएकी छिन् । शरिर सुगठित गर्न दैनिक तीनदेखि पाँच घण्टासम्म नियमित व्यायामसँगै बब्ब जिममा सयौं प्रशिक्षार्थीलाई पावरलिफ्टङ (भारत्तोलन) सिकाउछिन् ।


थापाले ५५.१ देखि ६३ केजी तौल समूहमा ३४७.५ केजी तौल उठाएर प्रथम हुँदै ओभरअल च्याम्पियन बनेकी हुन् । सोहि तौल समूहमा कास्कीकै सिमा गुरुङले ३७७.५ केजी तौल उठाएर रजत पदक जितिन् । ५५ केजी भन्दा कम तौल समूहमा सपना गुरुङले २७७.५ केजी तौल उठाएर कास्य पदक जितिन् । त्यसै गरि महिला तर्फ ६३ केजी भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा शर्मिला शाहले स्वर्ण पदक जितिन् । शाहले ३९२.५ केजी तौल उठाएकी थिइन् ।

Advertisement


प्रतियोगितामा पुरुषतर्फ ४५ बर्ष भन्दा बढी उमेर समूहमा टेकेन्द्र गुरुङले स्वर्ण पदक हात पारे । गुरुङले ५३७.५ केजी तौल उठाएर मास्टर ओभरअल च्याम्पियन बनेका हुन् । सोहि तौल समूहमा कास्कीकै पुनम बम्जनले ३२७.५ केजी तौल उठाएर रजत पदक जितेका हुन् । त्यस्तै ८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै सनिस श्रेष्ठले स्वर्ण पदक हात पारे । श्रेष्ठले ५४२.५ केजी तौल उठाएका थिए । ९३.१ केजी तौल भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा सुमिन परियारले ४८४.५ तौल उठाएर रजत पदक जिते । प्रतियोगितामा १५८ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा भाग लिन कास्कीबाट ९ जना पुरुष र ६ जना महिला गरि १५ जना सहभागी भएको कुरा नेपाल पावरलिफ्टिङ संघ कास्कीका अध्यक्ष हसन गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया