बेगनासको पानी रुपामा खसालेर १५० मेगावाट बिजुली

सञ्जय रानाभाट २०७९ असोज ६ गते ११:५१

सञ्जय रानाभाट ।
पोखरा
कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल विद्युत प्राधिकरणले १ सय ५० मेगावाट विद्युत निकाल्ने आयोजनाअघि सारेको छ । नेपालमै पहिलो पटक पम्म स्टोरेजमार्फत रामसार सूचीमा समावेश कास्की बेगनास र रुपा तालको पानी पम्प स्टोरेजबाट जलविद्युत निकाल्न प्रक्रियाअघि बढेको हो ।

कास्कीका ९ तालमध्ये रुपा र बेगनास तालको भौगोलिक बनावट हेर्दा समथर देखिए पनि दुई तालबीचको सतह करिब ६० मिटर तलमाथि छ । बेगनास ताल भन्दा रुपाताल ६० मिटर होचो छ । यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणले बेगनास तालको पानी रुपमा तालमा झारेर पिक आवरमा जलविद्यतु उत्पादन गर्ने योजनाअघि बढाएको हो । यसअघि प्रधिकरणले ०७४ कात्तिक २७ गते बेगनास–रुपा जलाशाययुक्त आयोजना सर्वेक्षण गर्ने लाइसेन्स पाएको थियो । यसलगत्तै जापानी सहयोज नियोज (जाइका)ले आयोजनाको प्रारम्भिक अध्ययान सके पनि कामअघि बढेको थिएन ।

२० अर्ब लगानीमा दैनिक साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत उत्पादन गर्ने योजना

Advertisement


सरकार फेरबदलीका कारण प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा सुरु भएको उक्त आयोजनापछि निर्देशकमा हितेन्द्रदेव शाक्य आएपछि जाइकाको अध्ययनलाई देखाएर कामअघि बढ्न सकेको थिएन । पुनः निर्देशकमा कुलमान नै आएपछि बेगनास–रुपा पम्प–जलाशययुक्त जलविद्युत आयोजनाअगाडि बढाउन लागिएको हो । ०७४ मै सर्वेक्षणको लाइसेन्स पाए पनि २०७८ कत्तिक २० पुनः आयोजनाको नवीकरण गरिएको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक (डिएमडी) रामजी भण्डारीका अनुसार बेगनास–रुपा पम्प स्टोरेज बनाउने प्रक्रियाअघि बढेको छ । ‘हामी अब थप अध्ययनअघि बढाउँछौं । यसबीचमा सरोकारवाला निकायसँग छलफलमा जुटिरहेका छौं । यहाँका समस्या, अब कसरी जान सकिन्छ ? अब अवलोकन र थप अध्ययनअघि बढ्छ ।’ अहिले रुपा तालमा संरक्षण एकीकृत विकास आयोजनाका काम भइरहेका छन् ।

Advertisement

रुपमा तालमा ६ मिटर अग्लो बाँधका कारण डुबानमा पर्ने जग्गा प्राप्तिको काम भइरहेको छ । बेगनास तालमा हाल रहेको जलस्तरभन्दा थप १ मिटर बाँध बढाएर विद्युत उत्पादनका लागि प्रयोग गरिने उपकार्यकारी निर्देशक भण्डारीले जानकारी दिए । उनका अनुसार दैनिक अधिकतम ४ घण्टा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत उत्पादन गरिनेछ । यस अवधिमा वेगनासको जलस्तर १ मिटर कम हुनेछ । राति १२ बजेदेखि ४ बजेसम्म पानी रुपाबाट पुनः बगनास तालमा पम्प गरिनेछ । प्राधिकरणले बुधबार गण्डकी प्रदेश सरकार, सम्बन्धित स्थानीय सरकार र स्थानीय बासिन्दा, पत्रकार र जनप्रतिनिधिसँग आयोजना बनाउने विषयमा छलफल गरेको छ ।

प्रधिकरणका प्रकाश गौडेल र नसिबमान प्रधानले आयोजनाको बारेमा प्रस्तुतिकरण गरेका थिए । पूर्व गृहमन्त्री तथा निवार्तमान सांसद खगराज अधिकारीले आयोजनाअघि बढाउन आफू आतुर रहेको बताए । उनले आयोजनाले स्थानीय उत्पादन वृद्धिसँगै र आत्मनिर्भर बनाउने हुँदा आफ्नो तर्फबाट आयोजना सम्पन्न गर्न सक्दो सहयोग हुने प्रतिवद्धता गरे । रुपमा गाउँपालिका अध्यक्ष नवराज ओझाले आयोजना निकै महत्व भएकाले स्थानीयलाई प्रत्यक्ष रोजगार दिलाउने गरी आयोजनाअगाडि बढ्नुपर्ने बताए ।

‘स्थानीयलाई रोजगारको ग्यारेन्टी हुनुपर्‍यो । उनीहरुलाई केही मात्रमा सेयर हाल्ने अवसर पनि दिनुपर्छ । स्थानीयका समस्या समाधान गरेर आयोजना छिट्टै बन्नुपर्छ,’ ओझाले भने । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा लगायतको उपस्थिति थियो ।

पम्प स्टोरेज आयोजनामा विद्युत गृहमाथि र तल गरी २ ड्याम हुन्छन् । सुन्दरडाँडाबाट बेगनासको पानी रुपा तालमा खसाएर विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । यो योजनाका करिब २० अर्ब खर्च हुने प्राधिकरणको अनुमान छ । विद्युत् उत्पादन गर्ने क्रममा माथिल्लो ड्याममार्फत विद्युत गृहमा पानी खसालिनेछ । बेलुकामा पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी बिजुलीकै सहायताले माथि तानी बेगनासमा हालिनेछ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया