गल्फ उपाधि शुक्ललाई

समाधान संवाददाता २०७९ असोज १० गते १६:२४

पोखरा ।
नवौं राष्ट्रिय खेलकुदमा चार पुरुष र तीन महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई साथ दिएका छन् । प्रतिस्पर्धा पोखरा–१४ हिमालयन गल्फ कोर्षमा भएको थियो । युवा खेलाडीको मनोबल उच्च बनाउने ध्येय सहित पोखराका पाका गल्फरहरु बीच मन्थली मेडल प्रतिस्पर्धा गरिएको थियो । प्रतिस्पर्धामा पाका सहभागिता जनाउँदा नवौंको लागि छनोट भएका खेलाडीहरु भने उनीहरुको स्ट्रोक हेर्न व्यस्त थिए ।

स्ट्रेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धाको उपाधि मेजर डा अम्रिश शुक्लले जितेका छन् । २४ ह्याण्डीक्यापका उनले ३६ स्कोरसहित उपाधि जित्दा १८ ह्याण्डीक्यापका क्याप्टेन कृष्ण पुन भने ३६ अंकसहित उपविजेतामा रहे । विजेतालाई कास्की जिल्ला गल्फ संघका पदाधिकारी लगायतका विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा २४ जना गल्फरले सहभागिता जनाएका थिए । ग्रस तर्फको विजेता भने गणेशकुमार गुरुङले हात पारे । उनी १० ह्याण्डीक्यापका खेलाडी हुन् । उनले २६ स्कोरसहित ग्रसको विजेता बनेको हिमालयन गल्फ कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन)ले बताए । व्यवस्थापक गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका गल्फका प्रशिक्षक समेत हुन् । उनकै प्रशिक्षकत्वमा खेलाडीहरुले नियमित प्रशिक्षण लिईरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया