नवाैं राष्ट्रिय खेलकुदमा देशले एक होनहार खेलाडी गुमायोः प्रचण्ड

समाधान संवाददाता २०७९ कार्तिक ४ गते १५:१५

पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा प्याराग्लाइडिङ दुर्घटनाले दुखित बनाएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित गठबन्धनको कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन आएका उनले प्याराग्लाइडिङ पाइलट निसिमको निधनले स्तब्ध बनाएको सुनाए । ‘प्रतियोगितमा देशका होनाहर खेलाडी निसिम थापाको निधनले दुखित बनाएको छ । म उहाँ प्रति श्रद्धासुमन प्रकट गर्दै, परिवार खेलाडीप्रति समावेदन प्रकट गर्न चाहन्छु,’ प्रचण्डले भने ।

Advertisement

तपाईको प्रतिक्रिया