मुस्ताङमा रास्वपालाई राप्रपा नेपालको साथ

मुस्ताङमा हामी एमाले र कांग्रेसका उम्मेदवार भन्दा थप शसक्त युवा हौं

समाधान संवाददाता २०७९ कार्तिक १५ गते १०:०६

जोमसोम–एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचनक्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव तालमेल गर्ने निर्णय गरेका छन् ।सोमबार काठमान्डौंमा भएको यी दुई पार्टीबीचको छलफलमा दुबै पार्टीका युवा प्रत्यासी उम्मेदवारलाई निर्वाचित गर्ने गरी चुनावी तालमेल गर्ने निर्णय गरिएको हो ।
राप्रपा नेपालका केन्द्रिय सहायक महामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनक्षेत्र १ मुस्ताङका उम्मेदवार प्रविणकुमार शेरचन, प्रदेशसभा निर्वाचन क्षेत्र २ की उम्मेदवार कर्म डोल्कर गुरुङ र रास्वपा मुस्ताङका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा निर्वाचनक्षेत्र १ का उम्मेदवार सुदेश गुरुङबीच चुनावी तालमेल गर्ने निर्णय भएको राप्रपा नेपालका सहायक महामन्त्री प्रविणकुमार शेरचनले जानकारी दिए ।
राप्रपा नेपाल र रास्वपाबीच चुनावी तालमेल निर्णय भएसंगै प्रतिनिधि सभा क्षेत्र १ मा उम्मेदवार बनेका प्रविणकुमार शेरचनले आफ्नो उम्मेदरी निष्क्रिय भएको घोषणा गरेका छन् । योसंगै अब राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार सुदेश गुरुङलाई राप्रपा नेपालले मतदानमा सघाउने र राप्रपा नेपालकी प्रदेश २ उम्मेदवार कर्म डोल्कर गुरुङलाई रास्वपाले मतदानमा सघाउने निर्णय भएको रास्वपाका प्रतिनिधिसभाका उम्मेदवार सुदेश गुरुङले बताए ।
मुस्ताङमा प्रतिनिधिसभा क्षेत्र १ मा ४ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये रास्वपाका उम्मेदवार सुदेश गुरुङ सबैभन्दा कान्छा उम्मेदवार हुन् । उनी अहिले २५ वर्ष उमेरका हुन् ।राप्रपा नेपालकी प्रदेश २ की उम्मेदवार कर्म डोल्कर मुस्ताङकै एक मात्र महिला उम्मेदवार हुन् । उनी अहिले २८ वर्षकी भईन् ।
नेपाली कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका प्रतिनिधिसभा उम्मेदवार योगेश गौचन थकाली २९ वर्षका हुन् ।
राप्रपा नेपाल र रास्वपाबीच मुस्ताङमा स्थानीय स्तरमा चुनावी तालमेल भएको हो । राप्रपा नेपालकी उम्मेदवार कर्म डोल्करले युवाशक्तिले मात्र देशलाई सही गन्तब्यमा पू¥याउन सक्ने भएकाले मुस्ताङमा युवा उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेकीछिन् ।

‘ मुस्ताङमा हामी एमाले र कांग्रेसका उम्मेदवार भन्दा थप शसक्त युवा हौं ,युवा भित्र नयाँ जोश जागर र उत्साह हुने भएकाले युवा प्रतिनिधि अहिले देशले खोजेको छ ,उनले भनीन् ‘ युवाहरुको प्रतिनिधित्व हुन सके मात्र बिद्यमान देशको बेथिती अन्त्य गर्दै मुलुकलाई समृद्ध नेपाल बनाउन बाटो खुल्नेछ ।’

Advertisement

तपाईको प्रतिक्रिया