एबिसी एट ए साइड १७ गतेबाट

समाधान संवाददाता २०७९ कार्तिक १५ गते ११:५४

पोखरा ।
अमरसिंह ब्वाइज क्लबको आयोजनामा पहिलो पटक एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा अमरसिंहचौरको खेल मैदानमा यही कात्तिक १७ देखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता हुँदै छ ।

प्रतियोगिताको आवश्यक तयारी पूरा भएको छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी १२ टोलीको प्रतिस्पर्धा रहने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश गुरुङले जानकारी दिए ।

प्रतियोगितामा आयोजक अमरसिंह क्वाइजको सेतो र नीलो गरी २ टोलीले प्रतिस्पर्धा गर्ने छन् । हेटौडा, एक्स पोखरा, लेकसाइड, नाइटकिङ, र चितवन एउटा समूहमा छन् ।

Advertisement

आयोजक अमरसिंह ब्वाइजको नीलो, फ्रिडम फाइटर, एक्स वारियर, बुटवल, गण्डकी प्रदेश र धनगढी अर्को समूहमा छन् । पहिलो खेल आयोजक अमरसिंह ब्वाईज सेतोले एक्स पोखरासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।

दोस्रो खेल लेकसाईड भेट्रान्सले नाइटकिङसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल बुटवलले गण्डकी प्रदेशसँग खेल्नेछ । उदघाटन भने दिउँसो २ बजे गर्ने कार्यक्रम छ ।

Advertisement

उदघाटन खेलको रुपमा आयोजक अमरसिंह ब्वाइज नीलोसँग एक्स वारियरसँग खेल्ने खेल तालिका बनाईएको संयोजक गुरुङले जानकारी दिए । प्रतियोगिता विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड प्राप्त गर्ने छ ।

उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छ । खेलमा म्यान अफ दि टुर्नामेन्टले नगद १० हजार प्राप्त गर्दा उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर र उत्कृष्ठ प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी पाउने छन् ।

तपाईको प्रतिक्रिया