अब्दुस मियाँको टिममाथि आक्रमण, बियरको बोत्तलले लागेर गम्भीर घाइते

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १२:०३

पोखरा ।
गोरखा क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ । आइतबार राति पालुङटार नगरपालिका–७ स्थित म्यांगो रिसोर्टमा खाना खाँदै गरेको टीमलाई एक समूहले बियरको बोत्तलले आक्रमण गरेको हो ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्ले गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । टाउकोमा सातवटा टाँका लगाएर उनलाई थप उपचारका लागि राति नै काठमाडौं ल्याइएको छ ।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको तस्बिरसहित अब्दुसले घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । त्यस्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया